सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी बादी समुदायका नागरिकबिच एक आपसमा झडप

मुख्यमन्त्रीसँग भेट गर्न नदिएको आरोप

बादी समुदायका नागरिकबिच एक आपसमा झडप
प्रकाशित : :
कैलाली: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अघि बादी समुदायका नागरिकबिच एक आपसमा झडप भएको छ ।
प्रदेश सरकार आगामी आर्थिक वर्षको लागि भन्दै बादी समुदायको नागरिकहरूको लागि ३ करोड रकम विनियोजन गरेको छ । आइतबार बादी उत्थान समिति कि अध्यक्ष रमा बादी लगायतको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।
मिठु बादी नेतृत्वको बादी समुदायका नागरिक पनि मुख्यमन्त्री कार्यालय बाहिर आएका थिए । तर, उनीहरुले आफूलाई मुख्यमन्त्रीसँग भेट गर्न नदिएको आरोप लगाए ।
रमा बादी नेतृत्वको समूहले बादी समुदायको नागरिकको नाममा यस अघि पनि बिभिन्न कार्यक्रम गर्दै आर्थिक हिनामिना गरेको भन्दै मिठु बादी नेतृत्वको बादी समुदायले विरोध गरेपछि मुख्यमन्त्री कार्यालय अघि हात हालाहालको अवस्था सृजना भएको हो। https://youtu.be/Nf_6TkucSsA

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट