आज कहाँ-कहाँ पर्दै छ पानि ? सतर्कता अपनाउन अनुरोध !

आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ

मौसम
प्रकाशित : :

काठमाण्डाै: आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । अहिले पनि प्रदेश एक, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

राति पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । पर्सि शनिवारदेखि देशैभरि मनसुन थप सक्रिय हुने भएकाले लगातार पानी पर्ने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट