मत नदिने निर्णय गर्दै संसदबाट बाहिरिए माधव नेपालपक्षका १५ सांसद

झपट रावल लगायत सांसदहरु संसद भवनबाट बाहिरिए

Building of the Federal Parliament at New Baneshwor, Kathmandu.

काठमाडौं: नेकपा एमालेको माधव नेपाल पक्षका १५ सांसदहरु प्रतिनिधि सभा बैठकबाट बाहिरिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावको पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गर्दै नेपाल पक्षका सांसदहरु संसद भवन परिसरबाट बाहिरिएका हुन्।

नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, झपट रावल, सोमबहादुर पाण्डेलगायत सांसदहरु संसद भवनबाट बाहिरिएका हुन्।

संसद भवनबाट बाहिरिने क्रममा एमाले नेता एवम् सांसद गोकर्ण विष्टले पार्टी एकताका लागि सुझबुझपूर्ण निर्णय गरिएको बताए।

‘हामीले विश्वासको मतको पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गरेका छौं। पार्टी एकताका लागि यो हाम्रो सुझबुझपूर्ण निर्णय हो,’ विष्टले भने।  -नेपाल लाइभबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार