ससुराली क्षेत्रमा भ्रमण गर्न नपाइने गरी भदौदेखि १० दिने कर्मचारी भ्रमण छुट्टी लागू

आगामी भदौदेखि सरकारी कर्मचारीले १० दिने भ्रमण छुट्टी पाउने

Pryatak
प्रकाशित : :

काठमाडौँ: सरकारी कर्मचारीले १० दिने भ्रमणका लागि पाउने भनिएको छुट्टी आगामी भदौदेखि कार्यान्वयनमा आउने भएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक २०७८/७९ को बजेट प्रस्तुत गर्दा घोषणा गरेको १० दिने कर्मचारी भ्रमण छुट्टी भदौदेखि कार्यान्वयनमा आउन लागेको हो ।

भ्रमण छुट्टीका लागि आवश्यक नीति तथा निर्देशिका तयार संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गरिरहेको छ । जुन आगामी भदौदेखि कार्यान्वयनमा आउन लागेको मन्त्रालयले जनाएको छ ।

ल्याइएको भ्रमण छुट्टी कार्यक्रम आर्थिक वर्षको सुरुमै लागू गर्नुपर्ने थियो । तर, त्यससम्बन्धी नीति तथा कार्यविधि पूर्ण रूपमा तयार नभएपछि केही ढिलाइ हुन गएको थियो ।

तयार गरिएको भ्रमण निर्देशिकामा काज भ्रमणमा जाने कर्मचारीले आफ्नो घर नजिकै (पायक पर्ने) तथा माइती–ससुराली क्षेत्रमा भने भ्रमण क्षेत्र निषेध गरिएको छ ।

जारी हुन लागेको नीतिमा तोकिएबमोजिम फिल्डमै गई खर्च गर्न र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनुपर्ने भनिएको छ । १० दिन भ्रमण विदामा रहँदा कुनै तलब सुविधा टाँकिने छैन ।

अहिले देशभर संस्थान, प्रतिष्ठान र निजामती गरी झण्डै ६ लाखभन्दा बढी कर्मचारी रहेका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट