धनगढी: मानव अधिकार रक्षक सञ्जाल गौरीगंगाले प्रधानमन्त्री शेरबहादुर देउवालाई गौरीगंगाका शिक्षक भुसालको हत्यारा सार्वजनिक गर्ने लगायतका ३ बुँदे माग राख्दै ध्यानाकर्षण पत्र पेस गरेको छ । सञ्जालले आज सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत विभिन्न ३ बुँदे माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
सञ्जालले कोभिड-१९ महामारीबाट जीवन गुमाउनु भएका सम्पूर्ण व्यक्तिहरूमा श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिका स्तरमै कोरोना परीक्षणको व्यवस्था गर्न, २०७७ वैशाख ११ गते गौरीगङ्गा ९ मा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक कृष्ण प्रसाद भुसालको हत्यारा यथाशीघ्र कारबाहीको दायरामा ल्याई सार्वजनिक गर्न र लकडाउनको समयमा नागरिकहरूमा देखिएको मनो सामाजिक समस्या लाई समाधान गर्न स्थानीय तहमै मनो सामाजिक परामर्शकर्ताको व्यवस्था गर्नु पर्ने माग सहितको ध्यानाकर्षण पत्र बुभाईएको मानव अधिकार रक्षक सञ्जाल गौरीगङ्गा, कैलालीका अध्यक्ष टेक राज ओझाले जानकारी दिए ।
उक्त ध्यानाकर्षण पत्रलाई गृह मन्त्रालय सिंह दरबार, महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ र प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँलाई बोधार्थ गरिएको छ । भने मानव अधिकार सञ्जाल कैलालीमा क्रियाशील रहँदै विशेष गरी कैलालीको गौरीगङ्गा नगरपालिकाका मानव सँग सम्बन्धित सबै मुद्धाहरुमा सम्बन्धित निकायको ध्यानाकर्षण र खबरदारी गर्दै आइरहेको छ ।
यस्तो छ, मानव अधिकार रक्षक सञ्जाल गौरीगंगाद्धारा प्रधानमन्त्री देउवालाई जिल्ला प्रशासन कैलाली मार्फत बुझाइएको ३ बुँदे माग सहितको ध्यानाकर्षण पत्र…!







You must be logged in to post a comment.