काठमाडौँ : सागर जोशी। तिज नजिकिँदै गर्दा तिज सम्बन्धी विविध गीतहरू बजारमा आएका छन्।
पछिल्लो समयमा मौलिक गीतहरू भन्दा पनि छाडा गीतहरू आइरहँदा एक फरक खालको राम्रो मौलिक तिज गीत “राम्री भएर” बजारमा सार्वजनिक भएको छ। यो गीत सार्वजनिक भए सँगै यति बेला दर्शक श्रोताहरूको माया पाउन थालेको छ।
पछिल्लो समयकी चर्चामा रहेकी गायिका एलिना चौहान र अर्जुन सुनामको स्वरमा रहेको यस गीतमा शब्द,दीपेन्द्र खड्का र सङ्गीत,अर्जुन सुनामले भरेका छन्। गीतको मिक्सिङ झलक सङ्गीतको रहेको छ।
भिडियोमा अभिनय पछिल्लो समयका व्यस्त एवम् अनुभवी मोडेल भीम खड्का,मिस टिन २०१९ टिक टक स्टार सुप्रिया खनाल,अन्जु सुनार र राजकुमार थापाको रहेको छ।
भिडियोलाई प्रकाश खड्काले छायाङ्कन गरेका छन् । लक्ष्मण चौहानको सम्पादन रहेको उक्त भिडियोमा कलर भर्ने काम मिलन विश्वकर्माले गरेका छन्। सबैले मन पराएका अहिलेका चर्चित व्यस्त युवा निर्देशक विक्रम चौहानको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोलाई “एलिना चौहान” अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।
भिडियो को प्रस्तुति नृत्य,शैलीमा भएको हुनाले यस पालिको तीजमा सबैलाई नचाउन सफल हुने निर्माण पक्ष ले विश्वास गरेको छ।








You must be logged in to post a comment.