सुदूरले पायो २ नयाँ मन्त्री : अर्थमन्त्रीमा तामाङ्ग र राज्यमन्त्रीमा बोहरा

आज साँझ प्रदेश प्रमुखको कार्यालयमा उनीहरूलाई शपथ ग्रहण

सुदूरपश्चिमको अर्थमन्त्रीमा तामाङ र राज्यमन्त्रीमा बोहरा नियुक्त
प्रकाशित : :

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ नियुक्त भएका छन् । भने अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएका छन् । आज साँझ प्रदेश प्रमुखको कार्यालयमा उनीहरूलाई शपथ ग्रहण गराइएको हो ।

मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादव र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले शपथ ग्रहण गराएका हुन्। लामा नेकपा ९एस० कञ्चनपुर अध्यक्ष र यसअघि एमालेको प्रमुख सचेतक समेत थिए । उनी कञ्चनपुर क्षेत्र नम्बर १ क बाट प्रदेश सभामा निर्वाचित भएका हुन ।

उनी बझाङबाट प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुन । यसअघि नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि एमाले संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका थिए ।

एमाले विभाजनपछि दुवै सांसदले नेकपा एस रोजेका थिए । अहिले सुदूरपश्चिममा एमाले विभाजन भएपछि एकीकृत समाजवादी सबैभन्दा ठुलो दल बनेको छ । हाल नेकपा एसमा १४ सांसद रहेका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट