कैलाली : कैलालीमा नेपाली काग्रेसको वडा अधिबेशन आजवाट सुरु हुदैछ । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत जिल्लामा लामो समयपछि वडातहको अधिबेशन आजवाट हुन लागेको हो । वडा अधिबेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको छ ।
अधिकंश वडामा सहमति हुन नसक्दा २ वटा टिम प्यानल सहित चुनाबी मैदानमा होमिएका छन् । कैलाली जिल्लाका १२६ वटा वडामा आजवाट वडा अधिबेशन हुन लागेको नेपाली काग्रेस कैलालीले जनाएको छ ।
आज बाट प्रारम्भ भएको वडा अधिबेशनलाई पार्टीको आन्तरिक जिबनको उत्सबको रुपमा सहमती, सहकार्य, एकता मेलमेलाप र सह अस्तित्वको भावनाका साथ आम कार्यकर्ता र जनतामा सन्देश प्रवाह गर्ने गरि सम्पन्न गर्न सम्पुर्ण क्रियाशिल सदस्यलाई कैलाली जिल्लाका सदस्य नृप सुनारले अनुरोध गरेका छन् ।