चन्दको अध्यक्षतामा नेपाल श्रमिक आपूर्तिकर्ता संघ सुदूरपश्चिम प्रदेश कमिटी गठन

गुरुकुल सेक्युरिटी सर्भिसेज प्रा.लि का अध्यक्ष प्रकाश चन्द
प्रकाशित : :

धनगढी  : श्रमिक आपूर्तिकर्ता ब्याबसायीहरुको हकहित प्रवर्द्धन गर्ने उद्देश्यका साथ गुरुकुल सेक्युरिटी सर्भिसेज प्रा.लि का अध्यक्ष प्रकाश चन्दको अध्यक्षतामा एक छाता सङ्गठनको स्थापना भएको छ ।

सरकारलाई नीतिगत सुझाव दिई परिआएका समस्याको समाधानको लागि सङ्गठित पहल गर्ने उद्देश्यका साथ चन्दको अध्यक्षतामा छाता सङ्गठनको रूप मा संघ को स्थापना भएको हो ।

त्यस्तै उपाध्यक्षमा विष्णु सेक्युरिटी सर्बिसेज प्रा लि डडेलधुराका प्रबन्ध विष्णु बोहरा, सचिव कालिन्चोक सेक्युरिटी धनगढीका ब्रान्च म्यानेजर देब बहादुर चन्द, कोषाध्यक्ष सेतिकाली सेक्युरिटी सर्बिसेज धनगढी कि चन्दा कपाडी र सदस्यहरू गरुड सेक्युरिटी धनगढीका ब्रान्च म्यानेजर भीम बोहरा, जी फोर्स सेक्युरिटी प्रा लि महेन्द्रनगरका ब्रान्च म्यानेजर कमलेश भण्डारी, गलैनाथ सेक्युरिटी प्रा लि अत्तरिया कैलालीका नारद जोशी, भवानी सेक्युरिटी प्रा लिका सञ्चालक समर बहादुर चन्द र सेतिकाली सेक्युरिटी प्रा लिका कुमारी फला भट्ट रहेका छन् ।

उक्त भेला मा सुदूरपश्चिममा काम गरिरहेका मध्ये १२ ओटा कम्पनी प्रमुख तथा प्रतिनिधि हरू को उपस्थिति रहेको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट