भूपेन्द्र बडूवालको हत्या आरोपमा थप १ जना सहित पक्राउ पर्नेको संख्या १० पुग्यो, ६ अझै फरार

भूपेन्द्र बडूवालको हत्या आरोपमा थप १ जना सहित पक्राउ पर्नेको संख्या १० पुग्यो, ६ अझै फरार

धनगढी : कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । ६ जना अझै फरार छन् । प्रहरीले हत्याका आरोपीमध्येका मदन शाहीलाई सुनसरीबाट पक्राउ गरेको छ । उनी लुकिछिमी धरानमा बस्दै आएको सूचनाका आधारमा पक्राउ परेका हुन् ।

२३ कात्तिको राति टीकापुर नगरपालिकाको सिद्धार्थ होटल नजिकै लम्कीका भूपेन्द्र बडुवालको नवीन रावलको समूहले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । रावल अझै फरार छन् । घटनामा दुई समूहबीचको द्वन्द्व मुख्य कारण रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

बडुवालको हत्या गरेको आरोपमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल र २२ वर्षीय कपिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह, २१ वर्षीय रोहित आले र विकास खड्का रहेका छन् । यसैगरी फरार मध्ये १९ वर्षीय मदन शाही लाई पक्राउ गरी कैलाली प्रहरीले आज सार्वजनिक गरेको छ ।

प्रहरी इन्स्पेक्टरका भाइ रहेका उनी धरानबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार