बैतडी समाज कैलालीद्वारा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न

बैतडी समाज कैलालीद्वारा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न
प्रकाशित : :

धनगढी : आफ्नो स्थापना काल देखि नैं समाज सेवाका विभिन्न कार्यहरू गर्दै आई रहेको बैतडी समाज कैलालीले धनगढीमा आसन्न नेपाली काँग्रेस को प्रदेश स्तरीय अधिवेशनमा बैतडी बाट धनगढी पाल्नु भएका सामाजिक अगुवाहरू र धनगढी मा बसोबास गर्ने बैतडेलिहरु बिच स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रम लाई सम्बोधन गर्दै समाजका अध्यक्ष श्री माया प्रकाश भट्ट ले समाजले गर्ने गरेका सामाजिक कार्यहरू माथि प्रकाश पार्दै, गैर राजनीतिक, गैर नाफामूलक र बैतडेली हरू बिच बलियो एकता एवम् समग्र धनगढी बासिहरूँ बिच भाइचाराको सम्बन्ध स्थापित गर्दै विशुद्ध मानवीय सेवा गर्ने समाजको मूल उद्देश्य रहेको बताउनु भएको छ। समाजको बहुउद्देश्यीय भवन निर्माणका लागि आवश्यक जग्गा दान गर्ने महत्त्वपूर्ण कुराको जानकारी समेत उँ हाले गराउनु भएको छ।

नेपाली काँग्रेस बैतडी जिल्ला सभापति चतुर बहादुर चन्दले उक्त कार्यक्रम मा बोल्दै समाजले गरेका सामाजिक कार्यहरू को प्रशंसा गर्दै बैतडेली हरू बिच भावनात्मक एकता हुनु अपरिहार्य छ भन्दै समग्र बैतडीको विकास का लागि बैतडेलिहरु एकजुट हुनु पर्ने र कुनै पनि बहानामा बैतडेलिहरु विभाजित हुन न हुने बताउनु भएको छ।

समाजका अगुवा हरूको बाक्लो उपस्थिति बिच सम्पन्न उक्त कार्यक्रममा पाँच सय बढी जनाको सहभागिता रहेको र कार्यक्रम निकै भव्यताका साथ सुसम्पन्न भएको समाजका कार्यसमिति सदस्य राज बहादुर चन्द ले बताउनुभयो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट