राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता-२०७८ सम्पन्न

राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता-२०७८ सम्पन्न
प्रकाशित : :

धनगढी : राष्ट्रिय किशोर सञ्जाल नेपालको आयोजना र सिविन नेपाल तथा राष्ट्रिय किशोरी सञ्जालको सहकार्यमा सम्पन्न भएको छ। “बालबालिकाको संरक्षण र संरचनामा स्थानीय सरकारको भूमिका” विषयक ‘राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता-२०७८”को नतिजा प्रकाशन सहित कार्यकम समापन भएको हो ।

प्रविधिकै मार्फत भए पनि किशोरकिशोरीको वक्तृत्वकला क्षमतालाई प्रस्फुटन गर्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक कृष्ण अधिकारीले जानकारी दिए। देशभरका किशोरकिशोरीको सहभागिता रहेको प्रतियोगितामा प्रथम द्वितीय र तृतीय क्रमशः विराटनगरकी सृजना लुइँटेल,चितवनकी विधिशा घिमिरे र सुर्खेतको सावित्री भट्टराई भएका छन्। प्रतियोगिताका सहभागीका भिडियो सञ्जालको आधिकारिक फेसबुक पेजमा राखिएको थियो र पेजमा आएका लाइक कमेन्ट शेयर अनुसार Public Choice घोषणा गरिएकोमा Public Choice हुन अछामकी सृजना साउद सफल भइन् ।

कार्यक्रमको समापन समारोह सञ्जालका अध्यक्ष विजयराज जोशीको अध्यक्षतामा र सिविन नेपालका अध्यक्ष माधव प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न रहको थियो भने कार्यक्रम सञ्चालन सञ्जालका सदस्य आदर्श तिवारीले गरेका थिए।

कार्यक्रममा बोल्दै सञ्जालका अध्यक्ष विजयराज जोशीले कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ सँगै सञ्जाल सधैं किशोरकिशोरी तथा बालबालिकाका निम्ति सधैं लागि राख्ने जानकारी दिए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट