नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्ष सर्वसम्मत बनाउन अभ्यास जारी

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्ष सर्वसम्मत बनाउन कसरत जारी
प्रकाशित : :

धनगढी : नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष सर्वसम्मत रुपमा चयन गर्न कसरत थालिएको छ। शनिबारदेखि सुरु भएको पार्टीको सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनबाट नयाँ नेतृत्व छनोटका लागि गृहकार्य सुरु भएको हो।

प्रदेश अध्यक्ष पदका लागि सहमति खोज्ने प्रयास जारी रहेको माओवादी नेताहरुले बताएका छन्। आकांक्षीहरु छन् तर तर तीमध्येबाट एक जना छान्नका लागि सहमतिको प्रयास जारी रहेको एक नेताले बताए। उनका अनुसार केही बेरपछि बन्दसत्र सुरु हुन्छ।

बन्दसत्रमै बहस तथा छलफल गरी अध्यक्ष छनोट हुने उनले बताए। सम्मेलनलबाट ९ पदाधिकारी सहित २२३ जनाको प्रदेश कमिटी चयन हुनेछ। उनले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारी सहित २२३ जना प्रदेश कमिटी चयन हुने बताए। त्यसबाहेक १० प्रतिशत सदस्य मनोनित गरिने उनले बताए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट