बैतडीबाट धनगढी आएका सामाजिक अगुवाहरू र बैतडी समाज कैलाली बिच भेटघाट

बैतडीबाट धनगढी आएका सामाजिक अगुवाहरू र बैतडी समाज कैलाली बिच भेटघाट
प्रकाशित : :

धनगढी । आफ्नो स्थापना काल देखि नै समाज सेवाका विभिन्न कार्यहरू गर्दै आई रहेको बैतडी समाज कैलालीले धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय अधिवेशनको सिलसिलामा बैतडी बाट धनगढी पाल्नु भएका सामाजिक अगुवाहरू र धनगढी मा बसोबास गर्ने बैतडेलिहरु बिच स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रम लाई सम्बोधन गर्दै समाजका अध्यक्ष श्री माया प्रकाश भट्ट ले समाजले गर्ने गरेका सामाजिक कार्यहरू माथि प्रकाश पार्दै, बैतडीले हरू बिच बलियो एकता एवम् समग्र धनगढी बासिहरूँ बिच भाइचाराको सम्बन्ध स्थापित गर्दै विशुद्ध मानवीय सेवा गर्ने समाजको मूल उद्देश्य रहेको बताउनु भएको छ।

प्रदेश सभा सदस्य रहनु भएका माननीय प्रेम प्रकाश भट्ट,पुर्चौंडी न. पा. का नगर प्रमुख, रण बहादुर कुँवर तथा थुप्रै माओवादी नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै पुर्चौँडी नगर प्रमुखले संसारको जुनसुकै कुनामा पनि बैतडीले भेट हुँदा आफ्नै किसिमको आत्मीयता, आनन्द र खुसी महसुस हुने कुरा बताउँदै समाजका लागि आफू र आफ्नो पार्टी तह बाट हरेक किसिमको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै न्यानो स्वागतका लागि बैतडी समाज कैलालीलाई धन्यवाद दिनु भएको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै माननीय प्रेम प्रकाश भट्टले समाजले यसै गरी सामाजिक र मानवीय सेवाको कार्य गर्दै समाजमा समन्वय कायम गरी छरिएर रहेका बैतडीले हरूलाई भावनात्मक रूपले जोड्दै जानू पर्ने कुरामा जोड दिनु भएको छ।

समाजका अगुवा हरूको बाक्लो उपस्थिति बिच सम्पन्न उक्त कार्यक्रममा हिजो सम्पन्न क्षेत्रीय अधिवेशनमा बैतडी बाट चुनिनु भएका प्रदेश सदस्यहरूले उक्त स्वागत का लागि हार्दिक आभार व्यक्त गरेका छन् ।

ऋद्दिसिद्दी प्यालेसमा कार्यक्रम निकै भव्यताका साथ सुसम्पन्न भएको र यसै गरी बैतडी बाट थुप्रो जनसमुदाय धनगढी आएको मौका छोपी आगन्तुक हरूलाई स्वागत गर्दै समाजको परिचय एवम् समाजको महत्त्व र उद्देश्यका बारेमा समेत जानकारी गर्न गराउन यस्ता कार्यक्रम गर्ने गरेको कुरा समाजका कार्यसमिति सदस्य एवम् समाज को सचिवालय प्रमुख नव राज पन्त ले बताउनु भएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट