धनगढी : कैलालीमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्लाको जानकी गाउँपालिका – ९ का २५ वर्षीय अरुण दासको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो ।
दासको स्थानिय अमरावती सामुदायिक वनमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनले घटना स्थलमा प्रहरीको टोलीले अनुसन्धान गरिरहेको बताए । ती युवक आज बिहान मात्रै घरबाट निस्किएको बुझिएको प्रहरीले जनाएको छ ।