धनगढी : सुदूरपश्चिमाञ्चल महिला जागरण मञ्च नेपालको आठ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतित्थ्यतामा मञ्चको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
धनगढी स्थित ओम प्यालेसमा आयोजित सुदूरपश्चिमाञ्चल महिला जागरण मञ्च नेपालको आठौँ वार्षिक साधारण सभा बाट १६ जना लाई सम्मान समेत गरिएको छ । कार्यक्रममा ८ सय ९५ महिलाहरुको उपस्थिति रहेको थियो।
मञ्चले सम्मान गर्ने वार्षिक नीति अनुसार यसपालि पनि प्रदेश भरीबाट कोरोना महामारीको समयमा अग्रपंतिमा खटिएर काम गर्ने, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र लगायतका विभिन्न विधामा काम गर्ने आफ्नो कार्य कौसलताबाट समाज र राष्ट्रको निम्ति भलो गर्नु हुने १६ जना व्यक्ति हरूलाई सम्मान गरिएको सुदूर पश्चिमाञ्चल महिला जागरण मञ्च नेपालकी अध्यक्ष शान्ति सिंह शाहीले जानकारी दिनुभयो ।