पुस १५ गते बिहीबार बैतडी समाज कैलालीको तेस्रो साधारण सभा हुँदै, तयारी पुरा

Baitadi Samaj
प्रकाशित : :

धनगढी : बैतडी समाज कैलालीको तेस्रो साधारण सभा हुने भएको छ । पुर्ख्यौली घर बैतडी भई हाल कैलालीको विभिन्न क्षेत्रमा बसोबास गरिरहेका बैतडेली हरू एकजुट भएर विभिन्न सामाजिक सेवा का कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको बैतडी समाज कैलालीको तेस्रो साधारण सभा यही पुस १५ गते हुने भएको हो ।

बिहीबार सुदूर पश्चिमेलितथा विशेष गरी बैतडेली हरुको मौलिक र महत्त्वपूर्ण पर्व पुसे १५ को दिन पारेर हुन गइरहेको उक्त कार्यक्रमले ओझेल पर्दै गएको पुसे १५ को महत्त्व लाई पनि झल्किने गरी समाजले आफ्ना सांस्कृतिक कार्यक्रमको आयोजना गरेको अध्यक्ष माया प्रकाश भट्टले बताउनु भएको छ ।

पुस १५ गते बिहान धनगढीको सहिद गेटमा उपस्थित भई सहिद दशरथ चन्दको सालिक मा फुल गुच्छा अर्पण गरी अमर सहिद प्रति श्रद्धा सुमन व्यक्त गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, धनगढीको ट्राफिक चौराहा बाट ९ बजे बिहान छलिया नाच सहितको झाँकी वनदेवी परिसर हुँदै समाज को प्रस्तावित बहुउद्देश्यीय भवन निर्माण स्थल तारा नगर पुगी ११ः३० बजे नगर प्रमुखले उद्घाटन गर्ने कार्यक्रम रहेको जनईएको छ ।

उक्त कार्यक्रममा लोक गायक महेश औजिको विशेष प्रस्तुति सहित फाग, देउडा र भस्का, हुड्क्यौलि, देव गाथा र वीर गाथा गायन छलिया नाच र अन्य बैतडेली सांस्कृतिक झलकका कार्यक्रम पनि प्रस्तुत हुने कार्यक्रमका संयोजक गजेन्द्र वीर चन्दले बताउनु भयो ।

साथै संयोजक चन्दले कार्यक्रम अवलोकनका लागि सम्पूर्ण धनगढी बासीमा हार्दिक आमन्त्रण समेत गर्नु भएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट