कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः निर्माण गर्न मन्त्री आलेद्वारा शिलान्यास

कञ्चनपुरको मझगाँउ विमानस्थल मन्त्री आलेद्धारा शिलान्यास गरियो
प्रकाशित : :

कञ्चनपुर: दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको निर्माण कार्य अघि बढेको छ । बुधवार विमानस्थलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले शिलान्यास गरेका हुन् ।

विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनलाई ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा  ठेक्का सम्झौता भएको छ ।  विमानस्थलको लम्बाइ एक हजार ५२५ मिटरको रहने छ भने ६६ बिघा जमिनमा विमानस्थल रहने छ ।

विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, प्रदेश सरकारको २५, भीमदत्त नगरपालिकाको १५ र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत रकम व्यहोर्ने सहमति यस अघि नै भएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट