कहाँ हराए सुदूरका ५ जना प्रहरी, ७ दिनभित्र हाजिर नभए सेवाबाट हटाउने चेतावनी

नेपाल प्रहरी

धनगढी : नेपाल प्रहरीले सम्पर्कमा नरहेका १३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । आफूखुशी कार्यालयको सम्पर्कमा नरहेका दुई हबल्दारसहित १३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल प्रहरीले आग्रह गरेको हो ।

आज सार्वजनिक सूचना निकालेर प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी प्रहरीलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो । यस्तै सुदूरपश्चिम घर भएका प्रहरी हवल्दार मंगल सिंह कुँवरसहित पाँच जना प्रहरी सम्पर्कविहीन छन् ।

दार्चुलाका महाकाली नगरपालिका १ घर भएका प्रहरी हवल्दार मंगल सिंह कुँवर, बैतडीको दशरथचन्द नगरपालिका ६ का प्रहरी जवान विक्रम महर, बझाङको तलकोट गाउँपालिका १ का सुरेश कुमार दुवाल, बैतडीको मेलौली नगरपालिका ७ का मार्सल जुलम एस.पि र अछामको मंगलसेन नगरपालिका ८ का दिल दिक्षित राज के.सी कार्यालयको सम्पर्कमा छैनन् ।

हप्ता दिनभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी पनि प्रहरी प्रधान कार्यालयले दिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार