धनगढी : प्रेस चाैतारी नेपाल कैलालीको नयाँ कार्य समिति चयन गरिएको छ । मंगलबार सम्पन्न भएकाे साताैँ जिल्ला अधिवेशनबाट भानुभक्त आचार्यकाे अध्यक्षतामा नयाँ कार्य सर्वसम्मत रूपले चयन गरिएकाे प्रेस चाैतारीले जनाएको छ ।
प्रेस चाैतारी सुदूरपश्चिमका सहइन्चार्ज गाेविन्द राेस्याराकाे संयाेजकत्वमा गठित अध्यक्ष मण्डलले प्रस्ताव गरेकाे कार्य समितिलाई बन्द सत्रले अनुमाेदन गरेकाे हाे ।
उपाध्यक्षमा निराजन परियार, उपाध्यक्ष (महिला) गिता चाैधरी, सचिवमा जनकसिंह विष्ट, सहसचिवमा प्रेम विष्ट र काेषाध्यक्षमा लाेकुसिंह ठकुरी चयन भएका छन् ।
यस्तै सदस्यहरूमा राम सुनार, अंकित उप्रेती, राेशनी बिक, सागर परियार, अनिला स्वर्णकार, खगेन्द्र अवस्थी र कुलराज चाैधरी चयन भएका छन् । सहसचिव समावेशी र पाँच जना कार्य समिति सदस्यलाई भने जिल्ला कार्य समितिले मनाेनित गर्नेछ ।
यसैबीच प्रेस चाैतारी कैलालीले चार जना पूर्व अध्यक्षलाई संगठन विस्तारमा खेलेकाे याेगदानकाे कदर गर्दै सम्मान गरेको छ । सम्मानित हुनेमा पूर्व अध्यक्ष हेमन्त पाैडेल, शेरबहादुर बस्नेत, बिरेन्द्र रावल र मातृका तिमिल्सेना रहेका छन् । उनीहरूलाई दाेसल्ला ओढाएर प्रशंसा पत्रसहित सम्मान गरिएकाे हाे ।
प्रेस चाैतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतकाे प्रेमुख आथित्यतामा भएकाे उदघाटन सत्रमा प्रदेश इन्चार्ज हेमन्त पाैडेल, महासचिव शिवराज भट्ट लगायतकाे उपस्थिती रहेकाे थियाे ।