के तपाई सवारी साधन चलाउनु हुन्छ, हो भने मान्नै र जान्ने पर्ने २१ नियम यस्ता छन् ?

सवारी साधन
फाइल तस्बिर
प्रकाशित : :

धनगढी : ट्राफिक प्रहरीको चाहाना, सुरक्षित यात्राको कामना नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सवारी साधन चलाउँदा ट्राफिक नियम अपनाउन आग्रह गर्दै विभिन्न २१ बुँदे सूचना जारी गरेको छ ।

कैलाली ट्राफिकले उल्लेखित सूचनाहरू पालना नगरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम कारबाही गरिने समेत जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जारी गरेको सूचना जस्ताको त्यस्तै :

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढी कैलालीको ट्राफिक नियम पालना सम्बन्धमा अनुरोध !

१ . मो.सा. चलाउँदा अनिवार्य रूपमा हेलमेटको प्रयोग गरौँ ।
२. दुई पाङग्रे सवारी साधनमा दुई (२) जना भन्दा बढी यात्रा नगरौँ ।
३. सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौँ ।
४. सवारी चलाउँदा अनिवार्य हेलमेटको फित्ता र सिट बेल्ट प्रयोग गरौँ ।
५. तीव्र गतिमा सवारी नचलाऔँ ।
६. सिट क्षमता भन्दा बढी यात्रु नबोकौँ ।
७. अनावश्यक ओभरटेक नगरौँ ।
८. सवारी साधन चलाउनु भन्दा पहिले यान्त्रिक चेकजाँच गरौँ ।
९. सबै सवारी चालकले अनिवार्य रूपमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सवारी दर्ता किताब (ब्लु बुक) र भाडाका सावरी साधनले बाटो इजाजत पत्र (रुट परमिट) र जाँच पास अनिवार्य साथमा राखौँ ।
१०. सवारी साधनमा प्रेसर हर्न निषेध गरौँ ।
११. सवारी साधनको आफूखुसी मोडिफाई तथा स्वरूप परिवर्तन नगरौँ । विशेष गरी साईलेन्सर परिवर्तन नगरौँ ।
१२. सडकमा लेन अनुशासन कायम राखौँ ।
१३. जथाभाबी सडकमा पार्किङ नगरौँ ।
१४. सार्वजनिक सवारी साधनले तोकिएको भाडा दर भन्दा बढी भाडा असुल नगरौँ ।
१५. सवारी साधनको नम्बर प्लेटमा राष्ट्रिय झण्डा, नेपालको नक्सा, विभिन्न बुट्टा, विभिन्न लेखन राखिएका सामाग्री तत्कालै हटाऔँ र मापदण्ड बमोजिमको नम्बर प्लेट राखौँ ।
१६. विद्युतीय अटो रिक्साले ब्लु बुक र लाइसेन्स अनिवार्य रूपमा साथमा राखौँ र सवारी चालक अनुमति पत्र नभएका चालकहरूले तत्काल स.चा.अ.प बनाउन तर्फ लागौँ ।
१७. यातायात व्यवस्था कार्यालय सेतीमा दर्ता हुँदा जुन स्थानीय निकायको सिफारिसमा दर्ता भएको हो सोही अनुरूप उक्त स्थानमा सञ्चालन गरौँ ।
१८. कालो प्लेटका विद्युतीय ई-रिक्साले ढुवानीका सामाग्री ओसार पसार नगरौँ । ( जस्तै रड, पाइप, जस्तापाता, प्लाइउड, दराज, खटिया आदि )
१९. रापती, भेरी,लुम्बिनी,महाकालीमा दर्ता भएका विद्युतीय कालो नम्बर प्लेटका ई-रिक्सालाई सम्बन्धित जिल्लामा सञ्चालन गरौँ ।
२०. मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔँ ।
२१. COVID को जोखिमबाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गरौँ । मास्कको अनिवार्य प्रयोग गरौँ ।

साथै माथि उल्लेखित नियमको पालना नगरे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम कारबाही भई जाने ब्यहोरा समेत सूचित गरिन्छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट