धनगढीमा जारी खप्तड गोल्डकपमा नारी दिवसको अवसरमा महिलालाई प्रवेश निशुल्क

धनगढी रंगशाला
धनगढी रंगशाला
प्रकाशित : :

धनगढी : धनगढी रंगशालामा जारी पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्गत आज (मंगलबार) हुने खेलमा महिलाहरुलाई प्रवेश शुल्क नलाग्ने भएको छ।

आयोजक  सुदूरपश्चिम-११ स्पोर्टस क्लबले सोमबार एक विज्ञप्ति निकाल्दै फागुन २४ गते नारी दिवस परेको हुँदा महिलाहरुलाई प्रवेश निशुल्क गरिएको जानकारी दिएको हो ।

‘महिला दिवसको अवसरमा सम्पुर्ण नारीहरुलाई सम्मान व्यक्त गर्दै समस्त महिलाका लागि फागुन २४ गते मंगलबार  मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको खेल प्रतियोगिता निःशुल्क हेर्ने व्यवस्था मिलाइएको सबैमा जानकारी गराउदछौं,’ विज्ञप्तिमा भनिएको छ,’साथै यस अवसरमा सरकारले समेत सार्वजनिक विदा दिएकाले तनावमुक्त भएर समयमै उपस्थित भई खेल हेरेर मनोरञ्जन लिनु हुन सबै महिला दिदी बहिनीहरुलाई आग्रह गर्दछौं ।’

प्रतियोगिता अन्तर्गत आज मंगलबार मछिन्द्र फुटबल क्लब र बागमती क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ३ बजेपछि सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले सेमिफाइनलमा फ्रेन्ड्स क्लबको सामना गर्नेछ ।

ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले सिधै क्वाटरफाइनल खेल खेल्न लागेको हो । लिगपछि मछिन्द्रको यो पहिलो मोफसलको प्रतियोगिता हो ।

बागमतीले एनआरटीलाई हराएको थियो । बागमतीले एनआरटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको थियो ।आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट