चौथो मेयर एसपीए कप भलिबल प्रतियोगिताको उपाधि टिकापुर बहुमुखी क्याम्पसले जित्यो

चौथो मेयर एसपीए कप भलिबल प्रतियोगिताको उपाधि टिकापुर बहुमुखी क्याम्पसले जित्यो
प्रकाशित : :

धनगढी :  ग्रामिण स्तरबाट महिला खेलाडी उत्पादन गर्न उदेश्यले एस पीए कलेजको आयोजनामा धनगढीमा जारी चौथो मेयर एसपीए कप भलिबल प्रतियोगिताको उपाधी टिकापुर बहुमुखी क्याम्पसले जितेको छ ।

एसपीए कलेज लाई आज भएको फाईनल खेलमा ३– १ ले हराउँदै टिकापुर बहुमुखी क्याम्पसले उपाधी हात पारेको हो । उपाधी संगै टिकापुर बहुमुखी क्याम्पसले ५० हजार नगद सहित मेडल र ट्रफि हात पारेको छ भने उप विजेता एस पीए कलेज धनगढीले दोस्रो स्थान हासिल गदै नगद २५ हजार सहित मेडल र ट्रफि हात पारेको छ । त्यस्तै आज विहान भएको खेलमा कान्तिपुर मावि लाई ३– ० ले हराउँदै दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस तेस्रो भएको छ । उसले नगद १२ हजार पुरुस्कार पाएको छ ।

विजेत तथा उप विजेता टिमहरु लाई धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वड, धनगढी उपमहानगरपालिका खेलकुद संयोजक तथा वडा नम्बर ४ का वडा अध्यक्ष दिपक थापा र एसपिए कलेजका प्रबन्धक सुबास शाहीले पुरुस्कार वितरण गरेका थिए ।

धनगढी उप-महानगरपालिकाको आर्थिक सहयोगमा संञ्चालन भएको प्रतियोगितामा जिल्लाका ९ वटा कलेजहरुको सहभागिता रहेको छ ।

महिला भलिबल

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार