धनगढी : धनगढीमा ३ दिने एडभान्स हेयर एण्ड स्किन सम्बन्धी प्रशिक्षण सुरु भएको छ। सुदूरपश्चिम ब्युटिसियन एसोसिएसनको आयोजनामा न्यु लुक ब्युटी फर लाइफको सहजीकरणमा सुदूरपश्चिमका ब्युटीसियनलाई आज देखि ३ दिन एडभान्स हेयर एण्ड स्किन साइन्स सम्बन्धी प्रशिक्षण सुरु भएको हो ।
ब्युटीसियनलाई हेयर र स्किन सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले सुदूरपश्चिमका ब्युटीसियनलाई धनगढीमा अनुभवी ब्युटीसियनबाट ३ दिन प्रशिक्षण गराउन लागेको सुदूरपश्चिम अध्यक्ष मिना बोहराले बताइन । ब्युटीसियनलेहरुले स्किन र हेयरको समस्या भएका सेवाग्राहीलाई सहजै समाधान गर्ने उपाय बारे थाहा पाउने जरुरी भएकोले उनीहरूले प्रशिक्षणबाट स्किन र हेयरको समस्या र समाधान बारे ज्ञान अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिन् ।
प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम ब्युटिसियन एसोसिएसनकी अध्यक्ष मिना बोगटीको अध्यक्षतामा सुरु भएको थियो । प्रमुख अतिथिमा धनगढी उपमहानगरपालिकाकी उप-प्रमुख सुशीला मिश्र भट्ट रहेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य सुदूरपश्चिम ब्युटिसियन एसोसिएसनकी कोषाध्यक्ष लक्ष्मी जोशीले राखेकी थिइन् । भने ३ दिने एडभान्स हेयर एण्ड स्किन साइन्स सम्बन्धी प्रशिक्षण सिर्जना थापाले दिई रहेकी छन् ।
कार्यक्रममा सुदूरपश्चिम ब्युटिसियन एसोसिएसनका पदाधिकारीसहित कैलाली, कञ्चनपुर र डोटीका ब्युटिसियन सहभागी भएका छन् । कार्यक्रम सञ्चालन गीता अर्यालले गरेकी थिइन् ।