धनगढीमा जारी मुख्यमन्त्रीकप यु–१९ महिला राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेश फाइनलमा

धनगढीमा जारी मुख्यमन्त्रीकप यु–१९ महिला राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेश फाइनलमा
प्रकाशित : :

धनगढी : धनगढीमा जारी मुख्यमन्त्रीकप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ । आफ्नो समूह चरणको अन्तिम खेलमा मधेस प्रदेशलाई २० रनले पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गण्डकीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०७ रनको योगफल तयार पा¥यो । १०८ रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभरमा छ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो ।

मधेश प्रदेशका लागि एलिशा यादवले अविजित ३१ र साना प्रवीणले २१ रन बनाइन् । बलिङतर्फ गण्डकीकी कुसुमगोदरले दुई र ज्योत्स्नीका मरासिनी तथा आकृति तिवारीले समान एकरएक विकेट लिए ।

त्यसअघि गण्डकीका लागि ज्योत्स्नीका मरासिनीले ३४ बलमा आठ चौकाको मद्दतले ४३ रनको पारी खेलिन् । उसका आङ्पेम्बलुम्बा शेर्पाले १७ रन बनाइन् । बलिङतर्फ मधेस प्रदेशकी प्रतिमा शाह, साना प्रविन र विमला मगरले समान दुईरदुई विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ ज्योत्स्नीका मरासिनी चुनिइन् ।

दोस्रो खेलमा सान्त्वना जीत निकालेको लुम्बिनी प्रदेशले कर्णाली प्रदेशको फाइनल यात्रामा अङ्कुश लगाइदिएको छ । यो खेल जितेको खण्डमा आफ्नो समूह चरणको एक खेलअगावै समूह विजेता बनेर कर्णाली प्रदेशलाई फाइनल प्रवेश गर्ने अवसर थियो । तर लुम्बिनी प्रदेशसँग पाँच विकेटले पराजित भएको कर्णालीले अब बिहीबारको खेल कुर्नुपर्ने भएको छ । टस जितेर ब्याटिङ थालेको कर्णालीले १९।४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७२ रन बनायो ।

७३ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको लुम्बिनीले १४।३ ओभरमै पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो । लुम्बिनीका लागि रञ्जु श्रेष्ठले २९ रनको योगदान दिइन् । बलिङतर्फ कर्णालीकी अञ्जली थापा र तिर्सना विश्वकर्माले समान दुईरदुई विकेट लिए । त्यसअघि कर्णालीका लागि किरणकुमारी कुँवरले २१ रन बनाउनुबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ लुम्बिनीलाई सान्त्वना जीत दिलाउन आष्मा पुलामीमगरले ४ ओभर बलिङ गर्दै एक मेडनसहित छ रन खर्चेर तीन महत्वपूर्ण विकेट लिइन् । उनी खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।

समूह चरणको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिम र बागमती प्रतिस्पर्धा गर्नेछन् । एकरएक जीत मात्रै निकालेका यी दुई टोलीमध्ये विजेता टोलीले कर्णाली प्रदेशसँग अङ्क बराबरी गर्नेछन् । उक्त खेलपछि रन रेटका आधारमा गण्डकी प्रदेशसँग उपाधि भिडन्त गर्ने टोलीको टुङ्गो लाग्नेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले रु पाँच लाख र दोस्रो हुनेले रु तीन लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सात प्रदेशका १९ वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट