धनगढी : कैलालीमा स्थानीय तह निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा रोक लगाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै वैशाख २७ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको हो ।
वैशाख ३० गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जारी गरिएको निर्वाचन आचारसंहिता अनुसार रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानून बमोजिम कारबाही हुने सूचित गरिएको छ ।