काठमाडौं : युरेका लियो क्लब LY २०२१/२२ ले कालिकोटको तिला मोडल स्कुल -०२ महवाई मा वाटर स्टेशन निर्माण कार्य सम्पन्न गरी एक कार्यक्रमका बीच क्लव ले विद्यालयलाई हस्तान्तरण गरेकोे छ ।
कर्णाली प्रदेशका जनताले लामो समयदेखी झेल्दै आएका समस्या , चुनौती लाई सामना गर्दै त्यहाँ का बासिन्दाले कष्टपूर्ण जीवन शैली अपनाउदै आईरहेका छ्न । , यातायात, बिजुली र अन्य आधारभूत सुविधाहरुको तँ झनै कुरै नगरौ सरकार को ध्यान कर्णाली मा जान नसके पनि देशमै रहेका सामाजिक कार्यलाई आफ्नो मुल एजेण्डा सम्झिने युवाहरुको एकिकृत जमातले दुर्गममा केही रुपमा भएँपनि समस्याको हल होस् भन्ने उदस्यले काठ्माण्डौं युरेका लियाे क्लबका अध्यक्ष लियो युवराज पराजुली र सम्पूर्ण क्लबले विद्यालयमा ५०० भन्दा बढी विद्यार्थीहरूलाई सेवा दिने वाटर स्टेशन निर्माण गर्न पहल गरेकोे थियो ।
आयोजना राम्ररी योजनाबद्ध भई कालिकोटको तिला मोडल स्कुल महवाई–०२ मा चैत मसान्तमा निर्माण सुरु भएँको थियो । विद्यालय टोलीको मिहिनेत र लगनशीलता देखेर लियो युवराजले उक्त परियोजनालाई आफ्नो कार्यकालको ड्रिम प्रोजेक्ट बनाएका थिए । अध्यक्ष पराजुली को कर्मथलो नै कालिकोट् भएकाले आयोजना समयमै पुरा भएँको क्लव का सचिव सिर्जन अर्याल बताउछन ।
यस आयोजना लाई पूरा गर्न क्लवले विभिन्न किसिमका कार्यक्रम र विभिन्न सहयोगी दाताहरु सँग आर्थिक संकलन पनि गरेँको थियो । आयोजना सम्पन्न भएलगत्तै यस क्लव का पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार श्री सविन गतौला ले काठ्माण्डौं बाट आयोजक को प्रतिनिधित्व गर्दै लिओ केशव पराजुली, लिओ सिर्जन अर्याल, लिओ कुसुम पौडेल, लिओ धुर्ब राई को टोली लाई १९ गते साझ बिदाई सँगै आयोजना को सफलता को शुभकामना व्यक्त गरेका थियो । र उक्त टोली २० गते बिहान आयोजना स्थल मा प्रस्थान गरेँको थियो ।
वैशाख २२ गते क्लव का प्रतिनिधि , विद्यालयका शिक्षक , व्यवस्थापन समिति र त्यहाँ का स्थानिय बासिन्दाको उपस्थिति मा वाटर स्टेसन को शुभारम्भ गरिएको थियो ।
कार्यक्रम मा बोल्दै पराजुलीले जहाँ विद्यार्थीहरू विद्यालयमा आउन धेरै उत्साहित छन् तर उनीहरूसँग पानीको स्रोतमा पहुँच छैन जसले विद्यालय सञ्चालन गर्न र उचित स्वास्थ्य र सरसफाइ कायम गर्न कठिनाई भइरहेको थियो । हामी विश्वास गर्छौं कि यस वाटर स्टेशनले दुर्गम बालबालिकाको स्वास्थ्य र नियमितताको हिसाबले जीवनमा परिवर्तन ल्याउनेछ। क्लव ले अझै नयाँ नयाँ रचनात्मक काम , दुर्गम मा आवश्यकताअनुसार काम पनि गर्ने संकल्प पनि गरे सँगसँगै यस आयोजना लाई सफल पार्न भुमिका खेल्नु हुने सम्पूर्ण मा धन्यवाद व्यक्त गरे ।