बैतडीमा वासस्थान नष्ट हुँदै गएपछि चितुवा मानव बस्ती पस्न थाले

बैतडीमा चितुवा आतङ्क
प्रकाशित : :

बैतडी : बैतडीमा चितुवाले आतङ्क मच्चाउन थालेको छ। सुर्नया गाउँपालिका-८ को मल्लोढोलेमा चितुवाले आतङ्क मच्चाउन थालेको स्थानीयले बताएका हुन्।

रातिको समयमा चितुवा बथानसहित गाउँ पसेर आतङ्क मच्चाएको स्थानीय तेजन बोहराले बताए। बिहीबार राति चारपाँच ओटा चितुवा समूहमा आएका र गोठबाटै एकजनाको खसी लगेको बोहराले बताए। चितुवाबाट घरपालुवा जनावर जोगाउन रातिको समयमा पहरा दिनुपर्ने अवस्था आएको बोहराले बताए।

जंगलबाट चितुवा गाउँमा पसेपछि स्थानीयहरु त्रसित बनेका छन्। वासस्थान नष्ट हुँदै गएपछि चितुवा मानवबस्तीमा पस्न थालेका विज्ञहरुको भनाइ छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट