हुम्लाको सर्केगाड सातको खेतबारीमा प्राचीन शिलालेख फेला, पढ्न विज्ञको खाँचो !

यो एउटा ढुङ्गा हो जहाँ परक शैलीमा केही लेखी एको छ ।

हुम्लाको सर्केगाड सातको खेतबारीमा प्राचीन शिलालेख फेला
प्रकाशित : :
धनगढी : हुम्लाको खेतबारीमा प्राचीन कालको शिलालेख भेटिएको छ। जिल्लाको सर्केगाड गाउँपालिका वडा नं. ७ को खेतबारीमा परापूर्व कालको एक शिलालेख फेला परेको हो ।
सामान्य नेपाली भाषा लेखपढ गर्न जान्ने  जो सुकै व्यक्तिले पढ्न नसक्ने उक्त शिलालेख कोट माध्यमिक विद्यालय नजिकैको खेतबारीमा फेला परेको कोट माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुरेन्द्र दत्त भट्टले जानकारी दिए ।
उक्त शिलालेखमा लेखेको कुरा कसैलाई जानकारी नहुँदा तीव्र चासोको विषय बनेको र सो भाषा सम्बन्धी जानकारी भएका विज्ञ व्यक्तिको खाँचो देखिएको भट्टले बताए ।
यो विषयमा पुरातत्त्व विभागले चासो देखाए कुनै ऐतिहासिक कुराको बारेमा समेत जानकारी सक्ने उनको विश्वास रहेको छ ।
अहिले शिलालेख वडा नं. ७ का निवर्तमान वार्ड अध्यक्ष कृष्ण प्र. जैसीको पहलमा कोट माध्यमिक विद्यालय रोडिकोट हुम्लामा सुरक्षित राखिएको जनाइएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट