धनगढीको श्रीकेदार टुर्स एण्ड ट्राभल्सद्वारा करेन्ट लागेर घाइते भएका बालकलाई १ लाख सहयोग

धनगढीको श्रीकेदार टुर्स एण्ड ट्राभल्सद्वारा करेन्ट लागेर घाइते भएका बालकलाई १ लाख सहयोग
प्रकाशित : :

धनगढी : कैलालीको धनगढीस्थित श्रीकेदार टुर्स एण्ड ट्राभल्सले करेन्ट लागेर घाइते भएका बालकलाई १ लाख सहयोग गरेको छ। डोटीको पुर्वीचौकी गाउँपालिका घर भई हाल कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुर बस्दै आएका ललितकुमार बडैलाका १४ वर्षीय छोरा बसन्तको उपचारका लागि ट्राभल्सले सहयोग गरेको हो।

ट्राभल्सका प्रोप्राइटर नवीन रावलका अनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै बसन्तको उपचारका लागि नगद एक लाख सहयोग गरिएको हो। उनले करेन्ट लागेर घाइते भएका बसन्तका मामा गोकुल कुँवरलाई सहयोग रकम हस्तान्तरण गरिएको बताए। “करेन्ट लागेर घाइते भएका बसन्तले दुवै हात गुमाएका छन्,” रावलले भने, “उपचारमा १० लाख खर्च हुने जानकारी पाएपछि ट्राभल्सका सञ्चालक र कर्मचारीबाट रकम सङ्कलन गरेर सहयोग गरेका हौँ।” ट्राभल्सले पछिल्लो समय सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आएको छ।

बसन्त एक महिना अगाडि करेन्ट लागेर घाइते भएका थिए। कलिका माविको छतमा खेल्दै गरेको अवस्थामा उनलाई करेन्ट लागेको थियो। उनको अहिले भारतको लखनउस्थित केजी एमयू अस्पतालमा उपचार भइरहेको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट