सुदूरपश्चिम प्रदेश युवा परिषद्ले समाजका लागि एक दिन भनेर ट्राफिक नियम पालना सम्बन्धी एक दिने सचेतना कार्यक्रम गरेको छ । प्रदेश युवा परिषद्ले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
ट्राफिक नियमको पालना गरि सडक अनुशासन पालना गरौं भन्ने नारा का साथ सुरु भएको कार्यक्रम धनगढीको बसपार्क बाट सुरु भई चटकपुर चोक ,एल एन चोक र ट्राफिक चौराहामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक ईश्वर बहादुर सिंहले युवाहरूलाई ट्राफिक नियम र अनुशासन सम्बन्धि प्रशिक्षण दिएका थिए, जसअन्तर्गत युवाहरूलाई सडक तथा बाटो कसरी काट्ने सोको जानकारी ,लेन अनुशासन पालना सम्बन्धि नियमको जानकारी र सवारी चालकलाई सिटवेल्ट र हेलमेटको फिता बाध्ने सम्बन्धमा जानकारी जस्ता कुराको प्रशिक्षण गराईएको थियो ।
प्रदेशका युवाहरूलाई ट्राफिक नियम पालना र अनुशासन बारे जानकारी गराउन सके मात्रै पनि धेरै हदसम्म सडक दुर्घटना न्यूनीकरण हुन सक्ने र सवारी चालकहरुमा अनुशासनको संस्कार बस्ने विश्वासका साथ कार्यक्रमको आयोजना गरिएको प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुंवरले बताए ।
प्रदेश युवा परिषदले स्वस्थ युवा प्रदेशका खम्बा भनाईलाई आत्मसात गर्दै समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
परिषदले हालै प्रथम युवा महोत्सव २०७९ सम्पन्न गरेको छ । साथै समय -समयमा युवाहरूलाई लाई उत्प्रेरणा जगाउने विभिन्न कार्यक्रम गर्ने गरेको छ । यो संगै यसपटक प्रदेश युवा परिषदले ९ जना युवा प्रतीभाहरु लाई सम्मान समेत गरिएको छ ।