बिजौरा बडेहा खानेपानी आयोजनाको पानी परीक्षण थालियो

बिजौरा बडेहा खानेपानी आयोजनाको पानी परीक्षण थालियो
प्रकाशित : :
धनगढी : बिजौरा बडेहा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मार्फत निर्माण भइरहेको बिजौरा बडेहा खानेपानी आयोजनाको पानी परीक्षण कार्य थालिएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा निर्माण भइरहेको उक्त आयोजनाको सोमबार बाट पानी पाइप लाइनमा पठाई परीक्षण सुरु गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको १३ करोड बजेटमा वि.सं. २०७६ साल देखी उक्त आयोजनको काम थालनी भई हाल पानी परीक्षण सम्म आई पुग्दा ९५ प्रतिशत काम सम्पन्न भएको बिजौरा बडेहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सह-सचिव रोशन भट्टले जानकारी दिए ।
भट्टका अनुसार उक्त खानेपानी आयोजनाबाट नगरपालिकाका वडा नं. १, ५, ६ अन्तरगतका भुएरा, बडेहा, चैत्नेपुर, बिजौरा, गेटा, राम जानकी टोल लगायतका दुई हजार दुई सय बढी घरधुरी लाभान्वित हुनेछन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट