कैलाली : नेकपा एमाले सुदूरपश्चिमले पार्टीको अनुशासन उल्लंघन गर्ने ३ जनालाई कारबाही गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश कमिटीका सदस्यहरुले पार्टीको अनुशासन उल्लंघन गर्ने तीन जनालाई पार्टि सदस्यताबाट निस्कासन गरिएको प्रेस विज्ञप्ती मार्फत जनाइएको छ।
नेकपा एमाले सुदूरपश्चिम सचिब धर्मराज पाठकद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत भनिएको छ, प्रदेश कमिटीका सदस्य जय राज पाण्डेय (कञ्चनपुर),प्रेम शाह (डोटी) र यज्ञ राज बास्तोला (कैलाली)ले पार्टीको आधिकारीक उम्मेदवारको विपक्षमा गरेको छ।
सो गतिविधि पार्टी बिधानको धारा ८० (६) बमोजिमको गम्भिर अनुशासन उल्लंघन गरेको ठहर गरेकाले धारा ८१ (१) बमोजिम पार्टि सदस्यताबाट निस्कासनको कारबाही गरिएको प्रेस विज्ञप्ती मार्फत जनाएका छन्।







You must be logged in to post a comment.