सुदूरमा ७३औँ राष्ट्रिय प्रजातन्त्र  दिवस, समृद्धिका लागि राजनीतिक स्थिरता हुनुपर्छ: मुख्यमन्त्री शाह 

आज ७३औं राष्ट्रिय प्रजातन्त्र  दिवस सुदूरपश्चिम प्रदेशमा भव्यताका साथ मनाईएको छ ।

धनगढी : आज ७३औं राष्ट्रिय प्रजातन्त्र  दिवस सुदूरपश्चिम प्रदेशमा भव्यताका साथ मनाईएको छ । सुदूरपश्चिम प्रदेश मुल समारोह समितिको आयोजनामा विभिन्न कार्यक्रम गरि  धनगढीमा दिवस मनाईएको हो ।

दिवसको अवसरमा धनगढी ट्राफिक चौकदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म प्रभातफेरी गरिएको छ । भातफेरीमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेशबहादुर शाह, सभामुख भीम बहादुर भण्डारी, निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल, प्रदेश सभा सदस्य, प्रदेश प्रमुख सचिव, प्रदेशका विभिन्न मन्त्रालयका सचिव, निजामति कर्मचारी, सुरक्षा निकाय प्रमुख, संघ-संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश समृद्धिका लागि राजनीतिक स्थिरता हुनुपर्ने बताए । उनले राजनीतिक स्थिरतालेमात्र प्रदेशको आर्थिक समृद्धि सम्भव रहेको मुख्यमन्त्री शाहले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार