काठमाडौं : प्रतिनिधि सभा बैठक शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल हुने कार्यसूची छ।
प्रतिनिधि सभामा गत सोमबारदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको हो। आज पनि सांसद्हरुले संसद् बैठकमा बजेटमाथि आफ्ना धारणा राख्नेछन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवेदन २०७९ पेस गर्ने सम्भावित कार्यसूची समेत रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकले संविधान सभा सदस्य महेश चौधरीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ। उनको यही जेठ २४ गते मंगलबार निधन भएको थियो।