धनगढी: शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल काठमाडौं वल्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा सुदूरपश्चिम टुर सम्पन्न भएको छ।
असार १ गते धनगढीको जलशा होटल र असार २ गते महेन्द्रनगरको ओपेरा होटलमा स्कुलले अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, शिक्षक, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा अबको शिक्षा कस्तो हुनुपर्छ ? लगायत अबको शिक्षा प्रणाली र शिक्षा क्षेत्रको विषयमा छलफल गरिएको थियो।
सो कार्यक्रममा स्कुलका अध्यक्ष इ.डा.मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशरबहादुर खुलाललगायतका व्यक्तिहरुको उपस्थिति थियो। कार्यक्रममा शिक्षाको विषयमा उनीहरुले खुलालले प्रशिक्षात्मक प्रस्तुती राखेका थिए।
काठमाडौंको विशिष्ट स्कुलका रुपमा स्थापित काठमाडौं वल्ड स्कुलले पछिल्ला दिनहरुमा बहुउपयोगी शिक्षाका लागि काठमाडौंबाहिर जानुपर्ने बाध्यतालाई धेरै हदसम्म हटाउन सफल भएको स्कुलले जनाएको छ।
छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ। स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको छ।
स्कुलको पूर्वाधार र सुविधाहरूसमेत अत्याधुनिक र सुविधा सम्पन्न छन्। कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा वल्ड स्कुलले जोड
दिँदै आएको स्कुलका चियरम्यान इ. डा. मिथिलेश कुमार झाले बताए।