सुदूरपश्चिम ११ स्पोर्टस क्लबद्वारा पटेला स्मार्टलाई खेल सामाग्री सहयोग

सुदूरपश्चिम ११ स्पोर्टस क्लबद्वारा पटेला स्मार्टलाई खेल सामाग्री सहयोग
प्रकाशित : :

धनगढी : सुदूरपश्चिम ११ स्पोर्टस क्लबले पटेला स्मार्ट क्लबलाई खेल सामग्री सहयोग गरेको छ । पटेलास्थित फुटवल मैदानमा एक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले पटेला स्मार्टलाई खेल सामग्री सहयोग गरेको हो ।

सुदूरपश्चिम ११ स्पोर्ट क्लबका अनुसार पटेला स्मार्ट क्लबलाई ११ वटा बल, ४५ जर्सी सेट, ३० टिसर्ट, २६ क्याप, कोन, मार्कर सहितको खेल सामाग्री सहयोग गरिएको हो । सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले पटेला स्मार्ट क्लबका अध्यक्ष मुकेश चौधरीलाई सहयोग खेल सामग्री हस्तान्तरण गरे ।

धनगढीको ग्रामीण ईलाकामा रहेका २५ जना पुरुष र १५ जना महिला फुटबलरलाई छनोट गरि पटेला स्मार्ट क्लबमा प्रशिक्षण गराउने उद्देश्यका साथ सुदूरपश्चिम ११ स्पोर्टस क्लबले खेल सामाग्री सहयोग गरेको हो । यसका साथै दुबै क्लबबीच दुई वर्षको रणनीतिक सम्झौता समेत भएको छ । क्लबको आन्तरिक ब्यवस्थापन पटेला स्मार्ट आफैले हेर्ने तथा पटेलालाई आवश्यक पर्ने प्रशिक्षक सहितको खेल सामाग्री सुदूरपश्चिम ११ स्पोर्टस क्लबले सहयोग गर्ने विषयमा सम्झौता भएको हो ।

सुदूरपश्चिम ११ पोर्टस क्लबले पटेला स्मार्ट क्लबमा खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउने छ । पटेलालाई आवश्यक पर्ने प्रशिक्षक सहितको सामाग्रीसुदूरपश्चिम ११ ले सहयोग गर्नेछ ।

सुदूपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले ग्रामीण क्षेत्रमा रहेका फुटबल खेलाडीलाई राम्रो प्रशिक्षण दिने उद्देश्यले पटेला स्मार्ट क्लबसँग सहकार्य गरेको बताए । उनले दुई बर्षे सम्झौताबाट ग्रामीण क्षेत्रमा रहेका फुटबल खेलाडीहरुले नियमित प्रशिक्षण पाउने र उत्कृष्ट खेलाडीले सुदूरपश्चिम ११ स्पोर्टस क्लबबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताखेल्न अवसर पाउने बताए ।

सुदूरपश्चिम ११ स्पोर्टस क्लब पश्चिम नेपालको प्रतिष्ठित क्लबको रुपमा रहेको छ । जसले हरेक वर्ष देशकै सर्वाधिक धनराशीको सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । नेपालका प्रतिष्ठित फुटबल प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै सुप ११ ले सहभागीता जनाउँदै आएको छ । साथै एन्फाको सी डिभिजन छनोट कार्यक्रममा समेत खेल्दै आएको छ ।

सुदूरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले जिल्ला फुटबल संघले यस्ता कार्य गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको बताए । ‘हामीले सहयोग गर्नुपर्ने स्थिती आउनुपर्ने होईन । यस्ता ठाउँमा जिल्ला फुटवल सघं पुग्नुपर्ने हो तर फुटवल संघ नपुगेपछि हामीले सहयोग गर्नु परेको हो ।’ अध्यक्ष हमालले भने, ‘शहर केन्द्रित मात्रै भएर फुटबलका खेलाडी उत्पादन हुँदैनन् । गाउँ गाउँमा फुटबलका खेलाडी उत्पादन गरे देशको फुटबल भविष्य बन्छ । त्यस कारण हामीले पटेलाका खेलाडीलाई सहयोग पुगोस् भनेर बल, ड्रेस लगायतका सामग्री सहयोग गरेका हौँ ।’

‘पटेला स्मार्ट क्लबसंग सहकार्य गर्दै प्रतियोगितामा सहभागी हुनेछौँ ।’ हमालले थपे, ‘यहाँका खेलाडीको क्षमता अभिबृद्धि गर्न एक जना पुरुष र एक जना महिला प्रशिक्षक खटाएका छौँ । सक्दो मेहनत गर्नुहोला, फुटबलप्रति माया भएकामात्र खेल्न आउनुहोला, समय बर्वाद गर्न कोही नआउनुहोला ।’

पटेला स्मार्ट क्लवका अध्यक्ष मुकेश चौधरीले सुदूरपश्चिम ११ सँगको सहकार्यले क्लबको गतिविधि अघि बढाउन सहयोग पुग्ने बताए । उनले सुदूरपश्चिम ११ सँगको सम्झौता दुई वर्ष मात्र नभएर लामो समयका लागि आवश्यकता रहेको उल्लेख गरे ।
खेल सामग्री हस्तान्तरण कार्यक्रममा सुदुरपश्चिम प्रादेशिक फुटबल संघका उपाध्यक्ष राघवेन्द्र कार्की, क्लबका प्रमुख सल्लाहकार पतिराम चौधरी, सुदुरपश्चिम प्रादेशिक फुटबल संघका सदस्य हेमकर्ण रञ्जितकार, कैलाली जिल्ला फुटबल संघका निवर्तमान महासचिव ओम प्याकुरेल, नवोबुद्ध युवा क्लबका अध्यक्ष निरज बिष्ट, क्लबका कार्यसमिति सदस्य खडक शाह लगायतको उपस्थिती रहेको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट