कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा दसैँपछि पर्यटक बढे

कैलालीको पर्यटकीय क्षेत्र टीकापुर पार्कमा आन्तरिक पर्यटकको चहलपहल
प्रकाशित : :

टीकापुर: कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा दसैँपछि पर्यटक बढेका छन्। पार्कमा आजभोलि दैनिक सयौँदेखि हजारौँ पर्यटक आउन थालेका छन्। दसैँ सुरु भएदेखि नै पार्कमा पर्यटक बढेका हुन्।

पार्कमा आन्तरिक पर्यटक वनभोज र अन्य जिल्लाका पर्यटक अवलोकनका लागि आउने गरेका छन्। पार्कमा हरेक वर्ष यो याममा पर्यटक बढ्ने गर्छन्।

बर्खामा पर्यटकको संख्या घटेको टीकापुर पार्कमा चाडपर्वसँगै पर्यटक पनि भित्रिन थालेका छन्। पार्कमा कात्तिकको १५ गतेसम्म १० हजार पर्यटकले पार्क अवलोकन गरेका छन्। पार्कमा सबैभन्दा बढी कात्तिक ८ गते एक हजार आठ सय र ९ गते एक हजार पाँच सय पर्यटक भित्रिएका छन्। कात्तिकमा मात्रै पार्कमा पर्यटकबाट दुई लाख ५० हजार राजस्व सङ्कलन भएको छ ।

 टीकापुर विकास समिति हटेपछि वि.सं.२०६४ मङ्सिर ५ गते टीकापुर नगरपालिकाको स्वामित्वमा पार्कलाई हस्तान्तरण गरिएको हो।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट