उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र अन्तरगतका निकायको कार्य सम्पादनलाई प्रभावकारी बनाउने योजना तयार पार्न समिति गठन गरेका छन् ।
समितिको संयोजक भने पूर्व मुख्यसचिव लीलामणि पौड्याल नियुक्त गरिएको छ । यस्तै, अध्ययन समितिको सदस्यमा पूर्व सचिव शरदचन्द्र पौड्याल, पूर्व सचिव शंकरप्रसाद कोइराला, पूर्व सचिव लक्ष्मीप्रसाद ढकाल, प्रा. डा. खड्ग केसी, पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री विन्दु पोखरेल र सूचना प्रविधि विज्ञ विजय गौतम रहेका छन् ।
अध्ययन समितिको सदस्य सचिव मन्त्रालयका सहसचिव एवं नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थानेश्वर गौतम रहेका छन् । मन्त्रालयले विभिन्न पाँच वटा विषयगत उपसमिति पनि गठन गरेको छ ।







You must be logged in to post a comment.