धनगढी : अहिले चिसो मौसममा कैलाली लगायतका तराईका जिल्लाहरूमा शीत लहर हुस्सु लागी रहेको छ । अत्यधिक चिसो मौसमका कारण यहाँका नागरिकहरूको दैनिकी प्रभावित मात्रै भइरहेको छैन उत्तिकै कष्टकर बनेको हुन्छ । उसरी यो कुनै नौलो कुरा भने हैन सधैँ जसो चिसो मौसममा यहाँका बासिन्दाले केही यस्तै भोग्नु पर्छ ।
धेरैलाई थाहा भएकै कुरा हो हुस्सु भन्नाले हावामा पानीका कणहरू धुवाँ जस्तो स्वरूपमा रहेको अवस्थालाई भनिन्छ। सामान्यतया न्यानो तथा ओसिलो हावाले अचानक चिसो तापक्रमलाई भेटेको अवस्थामा हुस्सु बन्न पुग्छ। उदाहरणको लागि जाडो मौसममा जब केही तातो हावा आफू भन्दा चिसो सतहको सम्पर्कमा आउँछ तब हुस्सु बन्न पुग्छ।



हो यसै अवस्थामा तराई क्षेत्रबाट केही माथि रहेको चुरे क्षेत्र अझ कैलाली जिल्लाको धनगढीबाट जम्मा एक घण्टा पहाडी चुरे क्षेत्रको यात्रा गर्ने हो भने हुस्सुको सुन्दरता नियाल्न मिल्छ भने तराईले हुस्सुको घुम्टो ओढेपनी सो क्षेत्रमा घाम लागिरहेको हुन्छ न्यानो मौसमको अनुभूति गर्न मिल्छ ।
हेर्नुस् कैलालीको गोदावरी धाम भन्दा माथि सेल्फी डाँडाबाट तराई तर्फ हेर्दा कत्तिको मनमोहक दृश्य हेर्न मिल्छ साँझ पख सुर्याअस्त हुँदा कैद गरिएका तस्बिर यस्ता छन् ।








तस्बिर: समीर भट्ट /सोधपत्र






You must be logged in to post a comment.