७ महिनामा भित्रियाे आठ खर्ब बढी रेमिट्यान्स (पूर्णपाठ)

नेपाल राष्ट्र बैंक
प्रकाशित : :

धनगढीः चालु आर्थिक वर्षको सात महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को सात महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरे अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो २१.१६ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको माघसम्म रेमिट्यान्स २७.१ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ। गत वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५ सय ४० रहेको छ।

गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार ७ सय ६७ र १ लाख ६७ हजार ७ सय ८ थियो।

Setting up fake worker failed: "Cannot read properties of undefined (reading 'WorkerMessageHandler')".
Loading...

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट