सुदूरपश्चिममा एकै दलका २ जनाले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि नियुक्तिमा ढिलाइ

सुदूरपश्चिम
प्रकाशित : :

धनगढी :  सुदूरपश्चिम प्रदेशमा एकै दलका २ जनाले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि नियुक्तिमा ढिलाइ भएको छ । फरक–फरक दलको समर्थनमा एक दलबाट २ जनाले दाबी गरेपछि प्रदेश प्रमुखले कानुनी परामर्श र अध्ययन गरेर मात्रै निर्णय लिने बताएका छन् । 

आइतबार नाउपाकै लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । काँग्रेस, नाउपा,  समाजवादी र राप्रपाको समर्थनमा नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरी दाबी पेस गरिएको छ । उनी नाउपा संरक्षक रेशम चौधरी पक्ष हुन ।

त्यसै गरी  एमाले, माओवादी, स्वतन्त्र सांसद र नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठको समर्थनमा कैलाश चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका छन् ।

एकै पार्टीका २ जनाले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि सुदूरपश्चिम काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । मुख्यमन्त्री  नियुक्तिमा ढिलाइ भएपछि आवश्यक छलफल गर्न काँग्रेस संसदीय दलको बैठक बोलाइएको छ । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट