नेपालको लोकप्रिय सौन्दर्य प्रतियोगिता मिस्टर एन्ड मिस नेशनल नेपाल २०२४ को यतिबेला विविध विधामा प्रतिभा प्रदर्शन राउन्ड चलिरहेको छ । अप्रिलको अन्तमा ग्रान्ड फिनाले हुने यस कार्यक्रममा सिन्दुलीकि सबै भन्दा कान्छि सहभागी अदिति श्रेष्ठ पनि प्रतिस्पर्धामा उत्रेकी छिन् ।यस कार्यक्रमको प्रतियोगीताको अन्तिम २४ भित्र छानिन सफल उनी प्रभावशाली प्रतियोगी हुन् ।
आफ्नो विभिन्न प्रतिभा देखाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रममा समेत सहभागिता भइसकेकी अदिती उपाधिको दाबेदरको रुपमा समेत हेरिएको छ त्यसैले उपाधि जित्ने उदेश्यले उनी दिन रात कडा मेहिनेत समेत गरिरहेकी छिन् ।

सौन्दर्य क्षेत्रमा लागेर आफ्नो परिचय फराकिलो बनाउने सोचकासाँथ अघि बढी रहकी अदितीको भबिष्यमा एक कुशल नायिका बनेर समाजमा मानसिक स्वस्थ्यको क्ष्रेत्रमा काम गर्ने उनको चाहना छ।
उसो त बिभिन्न म्युजिक भिडियोमा मोडलको रुपमा काम गरेर भिडियोमा आफ्नो कार्य क्षमता प्रस्तुत गरि सकेकी छन्।
जुलाई महिनामा मिस्टर एण्ड मिस सुप्रानेशनलका विजेताहरू पोल्याण्डमा आयोजना गरिने मिस्टर एण्ड मिस सुप्रानेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रनेछन्। त्यसै गरी थाइल्याण्डमा मिस्टर नेशनल, अल्बानियामा हुने मिस ग्लोब र इजिप्टमा हुने मिस इन्टर कन्टिनेन्टलमा पनि नेपालको प्रतिनिधित्व गर्न प्रतिस्पर्धीहरुलाई पठाइने आयोजकले जानकारी दिनु भयो ।
सनुर्वी इन्टरनेशनल नेपालको स्वामित्वमा पाँचओटा अन्तर्राट्रिय सौन्दर्य प्रतियोगिताहरुको फ्रेन्चआइज छन् जसमध्ये मिस सुप्रानेशनल, मिस ग्लोब, मिस्टर इन्टरनेशनल, मिस इन्टर कन्टिनेन्टल र मिस्टर सुप्रा नेशनल रहेका छन्।







You must be logged in to post a comment.