सेती लोक मार्ग अन्तरगत डोटी सडक क्षेत्रमा पर्ने रुख काट्न मिल्यो स्वीकृति

सेती लोक मार्ग अन्तरगत डोटी सडक क्षेत्रमा पर्ने रुख काट्न मिल्यो स्वीकृति
प्रकाशित : :

धनगढी : सेती लोकमार्ग अन्तरगत डोटी सडक क्षेत्रमा पर्ने रुख काट्नका लागि सरकारले स्वीकृत दिएको छ । मन्त्रीपरिषद् बैठकले राष्ट्रिय गौरवको योजना रहेको सेती लोकमार्गको डोटी खण्डमा पर्ने वनका रुख कटान गर्न स्वीकृति दिएको हो ।

शुक्रवार बसेकोे वैठकले वातावरणीय समस्या समाधान गरी डोटी क्षेत्रमा पर्ने वनका रुख कटान गर्न र सडक निर्माण कार्य अगाडी बढाउने गरी वन मन्त्रालयको प्रस्तावलाई स्वीकार गर्दै सो निर्णय गरिएको हो ।

मन्त्रीपरिषदको निर्णयले सेती लोकमार्गको डोटी खण्डको ४० किमी निर्माण कार्य अगाडि बढ्ने बाटो खुलेको छ। सो क्षेत्रमा रूख कटान आदेश नपाउँदा यो खण्डको काम अगाडि बढ्न सकेको थिएन। डोटीको सिमाना पर्ने लोडेघाटसम्म ४० किलोमिटर सडकको ट्रयाक खोल्न गत वर्ष मंसिरमा सम्झौता भएको थियो। करिब ६५ करोडको लागतमा सपना–जयमा–स्वर्गद्वारी जेभीले सो खण्डको ट्रयाक खोल्ने ठेक्का पाएको छ।

सेती लोकमार्गको डोटी क्षेत्रमा निर्माण हुने सडकखण्डको अवरोध हट्ने भएको छ । वनका कारण सडकको ट्याक निर्माणको काम रोकिएको रुख कटान अनुमति नपाएकै कारण प्रभावित भएको कामले गति लिने अपेक्षा गरिएको छ। यसअघि रुख कटानी आदेश नपाएकै कारण सेती लोकमार्ग निर्माणका लागि विनियोजन हुने बजेट वर्षेनी फ्रिज जाने समस्या थियो । रुख कटानीका लागि आदेश दिएसँगै सेती लोकमार्ग निर्माणको काम सुरु हुने बताइएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट