एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड, दुई विधाको मनोनयनमा पर्ने यी को हुन ?

एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड, दुई विधाको मनोनयनमा पर्ने यी को हुन ?
प्रकाशित : :

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आगामी असार १२ गते धनगढीको एसटिएस सिनेमा हलमा आयोजना हुने अवार्डका ८ विधा मध्ये सुदुरपश्चिम आईकन पुरुष र महिला विधा सार्वजनिक गरिएको हो ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रबद्र्धनमा आयोजना हुने ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को सुदूरपश्चिम आईकन पुरुष तर्फको विधामा एथलेटिक्सका आशिष महर, शारीरिक सुगठनका रञ्जित लामा र क्रिकेटका नरेन भट्ट मनोनयनमा परेका छन् । महिला तर्फ क्रिकेटकी मनिषा बोहरा एथलेटिक्सकी देवीकुमारी धामी र फुटबलकी बिर्सना चौधरी मनोनयनमा परेकी छन् । 

सुदूरपश्चिम आईकन तर्फ मनोनयनमा परेका आशिष महरले १४ औँ राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत एथलेटिक्समा जुनियर तर्फ सानदार प्रदर्शनका साथ छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्ष अघि २०४४ सालको कीर्तिमान भंग गरेका थिए । उनले अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमका लागि ट्रिपल जम्पमा स्वर्ण पदक जितेका थिए । यस्तै शारीरिक सुगठनका रञ्जित लामाले ‘५५ औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनसिप’ मा नेपाललाई कास्य पदक जिताएका थिए । 

एसियाली स्तरमा शारीरिक सुगठनमा पदक जिताउने उनी पहिलो सुदूरपश्चिमका खेलाडी हुन् । क्रिकेटका नरेन भट्टले एसीसी यु–१६ ईस्ट जोन कपको उपाधि जिताउँदा सानदार प्रदर्शन गरेका थिए । उपाधिमाथि ह्याट्रिक गराउन फाइनलमा ११२ रनको शतकीय पारी खेलेका उनी फाइनल खेलमा म्यान अफ द म्याच बनेका थिए । प्रधानमन्त्री कपमा शतक र अर्ध शतक प्रहार गर्दै सानदार प्रदर्शन गरेका थिए । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार