जागिरबाटै हटाउने चेतावनी सहित यी २४ प्रहरीलाई स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन निर्देशन

प्रहरी समाचार बुलेटिन
प्रकाशित : :

नेपाल प्रहरीले कार्यालयमा सम्पर्कमा नरहेका २४ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले बिहिबार सूचना प्रकाशित गर्दै आफूखुसी गैरहाजिर भएका २४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । 

उनीहरूलाई गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ ।  स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार