सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा टमाटा

सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा टमाटासुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा टमाटा
प्रकाशित : :

धनगढी : नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा नियुक्त भएका छन् । सुदूरपश्चिम रोयल्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक टमाटालाई एनपीएलका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्य प्रशिक्षक सार्वजनिक गर्दै सुदूरपश्चिम रोयल्सले टमाटालाई मुख्य प्रशिक्षकका रूपमा पाउँदा खुसी लागेको बताएको छ ।

सुदूरपश्चिम रोयल्सले टमाटाको प्रशिक्षणमा टिमले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त पनि गरेको छ । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीका रूपमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् ।

आठ टिम सहभागी हुने एनपीएल १६ मंसिरदेखि ६ पुससम्म हुनेछ । खेलाडी छनोटका लागि आयोजक नेपाल क्रिकेट संघ क्यानले २० असोजमा अक्सन गर्दै छ । यसअघि सुदूरपश्चिम रोयल्सले आफ्नो लोगो सार्वजनिक गरेको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट