स्थानीय खेलाडीहरूको प्रवर्द्धन, एसपीएले गर्‍यो क्रिकेटर जोशीलाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त 

एस.पी.ए कलेजको ‘ब्रान्ड एम्बेसडर’मा राष्ट्रिय क्रिकेट खेलाडी नारायण जोशी नियुक्त
प्रकाशित : :

धनगढी : सुदूर पश्चिमाञ्चल एकेडेमी (एस.पी.ए) कलेजले राष्ट्रिय क्रिकेट खेलाडी नारायण जोशीलाई आफ्नो ‘ब्रान्ड एम्बेसडर’का रूपमा नियुक्त गरेको छ। शुक्रवार कलेज र जोशीबिच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो।

धनगढी क्रिकेट एकेडेमी (डी.सी.ए) का उत्पादन र एस.पी.ए कलेजका पूर्व विद्यार्थीसमेत रहेका जोशीलाई कलेजका प्रबन्ध निर्देशक सुवास बि. शाहीले सम्झौता पत्र हस्तान्तरण गरेका हुन्।

एस.पी.ए कलेजको ‘ब्रान्ड एम्बेसडर’मा राष्ट्रिय क्रिकेट खेलाडी नारायण जोशी नियुक्त

सो अवसरमा एस.पी.ए कलेजका प्रबन्ध निर्देशक शाहीले नेपाली क्रिकेटमा उज्ज्वल भविष्य बोकेका नारायण जोशीलाई ‘ब्रान्ड एम्बेसडर’को रूपमा नियुक्त गर्न पाउँदा गर्वको अनुभूति भएको बताए। उनले कलेजले सामाजिक उत्तरदायित्व बहन गर्दै स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कदम चालेको उल्लेख गरे। साथै, सुदूरपश्चिमका अन्य संघ–संस्थाहरूले पनि खेलाडीहरूको मनोबल बढाउन यस्तै योगदान दिन सकुन् भन्ने सकारात्मक सन्देश प्रवाह गर्न चाहेको उनको भनाइ थियो।

ब्रान्ड एम्बेसडर नियुक्त भएका जोशीले आफूले अध्ययन गरेको प्रतिष्ठित संस्थाको प्रतिनिधित्व गर्न पाउँदा गौरवको अनुभूति भएको र यो खेलाडीहरूका लागि ठुलो अवसर भएको बताए।

एस.पी.ए कलेजको ‘ब्रान्ड एम्बेसडर’मा राष्ट्रिय क्रिकेट खेलाडी नारायण जोशी नियुक्त

लामो समयदेखि क्रिकेटमा सक्रिय जोशी पछिल्लो समयका युवा अलराउण्डर हुन । केहि दिन अगाडी काठमाण्डौंमा सम्पन्न नेपाल प्रिमियर लिगको अक्सनमा उनलाई पोखरा एभेन्जरले रु.१० लाखमा अनुबन्ध गरेको थियो ।

लामो समयदेखि घरेलु क्रिकेटमा व्यस्त रहेका जोशी पछिल्लो समय विभागीय टिमसँग आबद्ध भएर पनि खेलिरहेका छन् भने उमेर समूह हुँदै राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट निरन्तर खेल्दै आएका थिए ।

उनले यो भन्दा अगाडी सम्पन्न नेपालका फ्रेन्चाइज लिगमा पनि खेलिसकेको अनुभव छ भने सन २०१७ मा थाइल्यान्डमा सम्पन्न उमेर समूहको एसिसि इस्र्टन रिजन यु १६ प्रतियोगितामा नेपाल च्याम्पियन हुँदा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सुदूर पश्चिमाञ्चल कलेज ( एस.पी.ए.) ले थुप्रै खेलाडीहरूलाई छात्र वृत्तिमा पढाइरहेको छ । कलेजले राष्ट्रिय महिला क्रिकेटर कविता कुँवर,रुबी पोदार,ईश्वरी बिस्ट, यु-१६ खेलाडी आशिष लुहार लगायत दजर्नौ खेलाडीलाई पूर्ण तथा आंशिक छात्रवृत्तिमा पढाइरहेको छ ।

एस.पी.ए कलेजले विगत देखी नै क्रिकेट मात्रै नभई विभिन्न विधाका खेलाडीहरू, उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरू लाई पूर्ण तथा आंशिक छात्रवृत्ति प्रदान गर्दै आएको छ । भने सामाजिक उत्तरदायित्व अन्तरगत धनगढी उपमहानगरको सरसफाइ अभियानलाई सहयोग गर्न टोल सरसफाइ कर्मचारी मार्फत सेवा प्रदान, वृक्षारोपण लगायतका सामाजिक कार्यहरू मा समेत निरन्तर योगदान दिँदै आएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट