काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको छ। नयाँ मूल्य शनिबारदेखि लागू हुने गरी प्रति लिटर ३ रुपैयाँले बढाइएको हो।
मूल्यवृद्धिपछि पहिलो वर्गअन्तर्गतका स्थानहरू चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भवलारी, नेपालगञ्ज, धनगढी, र वीरगञ्जमा डिजेल र मट्टितेलको नयाँ मूल्य प्रतिलिटर १५० रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङमा डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ। तेस्रो वर्गमा रहेका काठमाडौँ, पोखरा, र दिपायलका उपभोक्ताहरूले अब प्रतिलिटर १५३ रुपैयाँ तिर्नुपर्नेछ।
पेट्रोल र हवाई इन्धनको मूल्य भने यसपटक यथावत् राखिएको निगमले जानकारी दिएको छ।