धनगढीः सुदूरपश्चिममा पाँच पदका लागि हुन गइरहेको उपनिर्वाचनको सबै तयारी भएको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार भोलि (आइतबार) विहान ७ बजेदेखि हुने मतदानका लागि आवश्यक सबै तयारी भइसकेको छ।
एक उपाध्यक्ष र चार वडाअध्यक्षका लागि हुने उपनिर्वाचनका लागि कर्मचारी खटाउनेदेखि आवश्यक सुरक्षाकर्मी समेत परिचालन गरिएको छ। उपनिर्वाचनका लागि १८ वटा मतदान केन्द्र तोकिएको छ। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा मतदाता संख्या ७ हजार ६० छन्। सो गाउँपालिकाको उपाध्यक्ष पदका लागि तीन जना महिला उम्मेदवार छन्।
वडा अध्यक्षका लागि तीन जना स्वतन्त्र उम्मेदवार छन्। सुदूरपश्चिममा एक गाउँपालिका उपाध्यक्षसहित पाँच वडाअध्यक्ष पद रिक्त छन्। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट पुल्तीसरा शाही, एकीकृत समाजवादीबाट जवा शाही, एमालेबाट सुलोचनाकुमारी भण्डारी उम्मेदवार छन्।
यस्तै बझाङको सुर्मा गाउँपालिका–४ मा पनि वडाअध्यक्षको पद रिक्त छ। सो पदका लागि एमालेबाट लखीचन्द्र बोहरा, कांग्रेसबाट धिरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुस्करबहादुर बोहरा गरी तीन जना उम्मेदवार छन्। यस्तै डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा पनि वडाअध्यक्ष पद रिक्त छ।
रिक्त पदमा चुनाव लड्न एमालेबाट देवबहादुर थापा, कांग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकीकुमारी खड्का गरेर चार उम्मेदवार छन्। उता दार्चुलाको दुहुँ गाउँपालिका–५ मा वडाअध्यक्ष पद रिक्त छ। रिक्त पदमा निर्वाचन लड्न एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट विरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर गरी चार जना उम्मेदवार छन्।
यता कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा पनि वडाअध्यक्ष पद रिक्त छ। सो पदका लागि सबैभन्दा बढी १२ जना उम्मेदवार छन्। एमालेबाट बहादुर चन्द, कांग्रेसबाट प्रकाश चन्द, माओवादीबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राप्रपाबाट शुशिलकुमार भट्ट, जनमत पार्टीबाट यादवबहादुर चन्द, एकीकृत समाजवादीबाट जितेन्द्रबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिष डगौरा, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी, स्वतन्त्रबाट युवराज चन्द र स्वतन्त्रबाटै थानेश्वर लेखक उम्मेदवार हुन्।
जम्मा उम्मेदवारको संख्या यसप्रकार छ:
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पद: ३ उम्मेदवार
बझाङको सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पद: ३ उम्मेदवार
डोटीको पुर्वीचौकी गाउँपालिका–६ वडाध्यक्ष पद: ४ उम्मेदवार
दार्चुलाको दुहुँ गाउँपालिका–५ वडाध्यक्ष पद: ४ उम्मेदवार
कञ्चनपुरको भीमदत्त नगरपालिका–६वडाध्यक्ष पद: १२ उम्मेदवार
जम्मा उम्मेदवार २६ जना ।